2023-04-13

कसरी?

वसन्तको न्यानो घाम जस्तो,
बोल्छ को त्यो, कोइली जसरी?

सितल उज्यालो मुस्कान हो कस्को,
लैजान्छ यो मन चोरी कसरी?

अन्धकार छेडी सुर्यको पहिलो किरण जस्तो,
आउँछेऊ सधै मुटुमा, तिमी कसरी?


Backlinks


Found this interesting? Subscribe to new posts.
Any comments? Send an email.