HOME

Date: <2024-09-16 Mon>

म भुल्छु

समभाव शान्त समुद्रमा आँधी ल्याउने,
एकनास एकान्त एकाग्र भङ्ग गराउने,
अन्तरङ्गमा असम्भव अनुभूति उब्जा गराउने,

कस्तो थियो र लबज?
कस्तो थियो र लिबास?

म सोच्छु,
अचम्मित हुन्छु,
तिम्रो तस्विर हेर्छु,
अनि सम्झन्छु,
अनि बुज्छु।


Backlinks


You can send your feedback, queries here