2024-09-11

नाइँ!

एक पटक फेरी हाहाकार हुन्छ कि,
एक पटक तिम्रो साक्षत्कार हुन्छ कि!

भावको समुद्रमा एकसमान सुन्यता छ,
कुनैदिन कुनै अर्को आँधी फेरी प्रहार हुन्छ कि!

ब्याज राख, चाहिए मेरो सारा संसार राख,
साउँ आधी टुक्रा मुटु, फिर्ता मलाई उपहार हुन्छ कि?

पाउँछ यो आधीलाई, पुरा भनी, आधी भाग कसैले,
अनी प्रेमको परिभाषा सम्झौता भनी परिष्कार हुन्छ कि।


Backlinks


Found this interesting? Subscribe to new posts.
Any comments? Send an email.