2022-04-16

शायर बनाउँछ

एक जुनीमा एक दिन एक चोटि आउँछ
उत्साह उमङ्ग, उथल पुथल, तरङ्ग ल्याउँछ

खै के दिन थियो उनलाई देखेको
न खाना निद्रा मिठो, उनकै मुस्कानले मात्र हँसाउँछ

ठट्टा, चुट्किला, अलङ्कार, कविता फुर्छन्
अचम्मको चिज यो, ईन्जिनियरलाई शायर बनाउँछ

चोरी लगिन्, कि भागी गयो यो मन खै,
उनकै वरिपरि डुल्छ, सपनाका महल सजाउँछ।


Backlinks


Found this interesting? Subscribe to new posts.
Any comments? Send an email.